खजुरामा एमालेका मल्लले पठाए मतदातालाई पत्र

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदातालाई पत्र पठाएका छन् ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सबै मतदाताको घरदैलोमा पुग्न नसक्ने भएपनि मल्लले आफ्ना चुनावी एजेण्डा र विकासबारे प्रतिबद्धता जनाउँदै मत मागेका हुन् । उनले आगामी ५ वर्षका लागि ११२ बुँदे प्रतिवद्धता पत्रसहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाइ कसरी गर्ने भन्ने उल्लेख छ ।