‘पत्रकार र सञ्चार संस्थाले निर्वाचन आचार संहिता पालना गरौं’

नेपालगन्ज : पत्रकार र सञ्चार संस्थाले पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता पालना गर्न मिडिया सम्बद्ध सरोकारवालाले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले बुधबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बरिष्ठ पत्रकार र मिडिया सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले यस्तो जोड दिएका हुन् । पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता पालना गरेर स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत बनाउन सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्वकेन्द्रिय सदस्य झलक गैरे, महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँके शाखा पूर्वअध्यक्षहरु नीरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष तुला अधिकारी, महासंघ बाँके शाखा उपाध्यक्ष संगीन शर्मा, सञ्चारिका समूह बाँकेका अध्यक्ष रुपनी जीएम, गोरखापत्र दैनिकका संवाददाता सावित्री गिरी, मधेश मिडिया मिशन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ल लगायतले निर्वाचनको बेलामा पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता दुबैको पालनामा जोड दिएका थिए ।