बाँकेको जानकी गाउँपालिकामा खस्यो ८१.२२ प्रतिशत मत

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा ८१ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार शुक्रबार भएको मतदानमा १८ हजार ५४३ मत खसेको छ । त्यहाँ २२ हजार ८२९ मतदाता छन् । जुन कूल खसेको मतको ८१.२२ प्रतिशत हो । जिल्लाका अन्य स्थानीय तहमा भने राति ८ः३० बजेसम्म पनि मतपेटिका संकलन गर्ने काम जारी रहेको थियो ।