नेपालगन्ज-२३ मा वडाध्यक्ष निर्वाचित बेहना : पहिले ७३ मतले हारे, अहिले ३८ मत अन्तरले जिते
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका २३ मा बहालवाला वडाध्यक्ष मोहम्मद हुसेन शेखलाई ३८ मतको अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका जबर अलि बेहना निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा शेखले ७३ मतको अन्तरले बेहनालाई पराजित गरेका थिए । बेहनाले ५ वर्षपछि हारको बदला लिएका छन् । उनले २३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखले १९४ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा भने शेखले १८८ र बेहनाले ११५ मत मात्र ल्याएका थिए ।