बाँकेमा २ पालिका अध्यक्षसहित १८ उम्मेदवारले ल्याए शून्य मत (सूची)
नेपालगन्ज : स्थानीय तह निर्वाचन २०७९ मा १८ जना उम्मेदवारले शून्य मत ल्याएका छन् ।
निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार डुडुवा र नरैनापुर गाउँपालिका अध्यक्ष, नेपालगन्ज, राप्तीसोनारी, बैैजनाथ र जानकी गाउँपालिकामा वडाध्यक्षका एउटा दलका र १७ जना स्वतन्त्र उम्मेदवारले एउटा पनि मत ल्याएका छैनन् । डुडुवा गाउँपालिकामा अध्यक्षकी उम्मेदवार प्रेमाकुमारी चौधरीको यो लगातार दोस्रो पटक शून्य मत हो । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदमा शून्य मत नै पाएकी थिइन् ।