बाँकेका दुई पूर्वप्रहरी प्रमुख राई र तामाङ डीआइजी बढुवामा सिफारिस (सूचीसहित)

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका दुई जना पूर्वप्रमुख टेकप्रसाद राई र टेकबहादुर तामाङ डीआइजीमा बढुवा सिफारिस भएका छन् ।
गृहमन्त्रालयको बढुवा समितिले बुधबार राई र तामाङसँगै १७ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख राईलाई डीआइजीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । पहिलो नम्बरमा भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवरको नाम बढुवाका लागि सिफारिस भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको प्रहरीमा कार्यरत तामाङ बढुवाको १०औं नम्बरमा छन् ।