पत्रकार जोशी र आचार्य पुरस्कृत

नेपालगन्ज : स्वतन्त्र पत्रकार संघ बाँकेले दुई जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
संघले ‘सृजनशील पत्रकारिता पुरस्कार २०७९’बाट पत्रकार निशु जोशी र ‘हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार’बाट पत्रकार रामप्रसाद आचार्यलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी जनही ५ हजार १५१ रहेको छ । पत्रकारद्वयलाई स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघका केन्द्रीय उपाध्यक्ष नीरज गौतम, वरिष्ठ पत्रकार पूर्णलाल चुके, पुरस्कार संस्थापक माधवी शाहलगायतले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । शाहले आफ्ना स्व.बुबा हरि र आमा जमुनाको नाममा अक्षय कोष स्थापना गरेर पत्रकारलाई पुरस्कृत गरेकी हुन् ।