घर फर्के ‘कालीपारे’ (फोटो फिचर)

नेपालगन्ज : भारतमा रहेका नेपाली दशैं मनाउन घर फर्किरहेका छन् । रोजगारीका लागि प्रवासिएका ‘कालीपारे’ नेपालीहरु घटस्थापना सुरु भए यता घर फर्कने क्रम सुरु भएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बरिष्ठ सइ माधव रिजालले जानकारी दिए । दिनमा हजारौंको संख्यामा जमुनाहा नाकाबाट नेपाली घर फर्किरहेका छन् ।