महिलाको समस्या बुझ्न महिला पत्रकार आवश्यक

नेपालगन्ज : महिलाका समस्या पहिचान गर्न महिला पत्रकारको भूमिका प्रभावकारी हुने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चारिका समूहले सोमबार नेपालगन्जमा आयोजना गरेको महिला पत्रकार शसक्तिकरण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आन्ना रिची एल्लेनले महिला जनसंख्या पनि धेरै भएको देशमा महिला पत्रकार जस्ले राष्ट्रको मुद्दा उठाउन सक्नेमा बिश्वास ब्यक्त गरेकी छिन् ।
उनले समान समाजको परिकल्पना गर्नका निम्ति पनि महिलाहरुले कलम चलाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त विष्टले महिला पत्रकारहरु भोलेन्टिएर भएर काम गर्न नसक्ने बताउँदै उनीहरुलाई पत्रकारीतामा स्थायित्व गराउन सम्बन्धित निकायसँगै स्थानीय सकारले जिल्ला तहमा बसेर पत्रकारिता गरिरहेका महिला पत्रकारहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहकी केन्द्रीय महासचिव बसन्ती बास्तोलाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा दूतावासकी कर्मचारी प्रेरणा मरासिनी, फेलोसिपकी मेन्टर हरिकला अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक शंकरप्रसाद खनाल, नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदी, बाँके जिल्ला सञ्चारिका संस्थापक अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष* करुणा शाह, डब्ल्यूडब्ल्यूजे बाँकेका कोषाध्यक्ष निशु जोशी, फलोसिप कार्यक्रमका सहभागीहरु जुम्लाकी दिलमाया शाही, दांगकी रञ्जिता अधिकारी, सप्तरीकी सुधा देव, लगायतले बोलेका थिए । * सच्चाइएको