मतदातालाई धन्यवाद दिँदै सांसद गाउँटोलमा

नेपालगन्ज : बाँकेबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदहरु फेरि गाउँटोलमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।
दोस्रो कार्यकालका लागि बाँके क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णा केसी नमूना आइतबार नरैनापुर गाउँपालिका क्षेत्रमा पुगेकी हुन् । बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सूर्य ढकाल केही दिनदेखि राप्तीसोनारी क्षेत्रमै छन् । बाँके क्षेत्र नं. १ (२) का प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरी पनि ढकालसँगै छन् । बाँके क्षेत्र नं. ३ (१) प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्री पनि घरदैलोमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।