दिला शाह गीतकार पनि, गीति एल्बम स्पन्दन विमोचन

नेपालगन्ज : साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ ।
गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ बास नेपाल र दिदी बहिनी समाज बाँकेले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायतले विमोचन गरेका थिए ।
‘तिमीलाई सम्झेको पल’, ‘चिन्या छैन, जान्या छैन’ र ‘नजाउ टाढा कतै’ बोलका ३ वटा गीत गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको गीत गाएका छन् । संगीत पनि सागर अधिकारीकै रहेको छ । ‘तिमीलाई सम्झेको पल’ गीतको म्युजिक भिडियो पनि बनाइएको छ । सोही कार्यक्रममा भिडियो पनि सार्वजनिक गरिएको थियो ।
दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कविताको श्रव्य दृश्य प्रस्तुत गरिएको थियो भने संगीतकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाउ टाढा बोलको गीत गाएका थिए ।