‘हनी ट्रयाप’मा पारेर ब्ल्याकमेलिङ गर्ने महिला पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले हनी ट्रयापमा पारेर ब्ल्याकमेलिङ गर्ने एक जना महिलालाई पक्राउ गरेको छ । जिप्रकाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार रामेछापको गोकुलगंगा नगरपालिका २ घर भइ काठमाडौंको सुकेधारामा डेरामा बस्ने ३० वर्षीया सविता श्रेष्ठलाई ५ असोजमा पक्राउ गरिएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका २ का ३२ वर्षका एक जना पुरुषसँग माया प्रेम र शारिरीक सम्बन्धको जालमा पारी विभिन्न मुद्दामा फसाइदिन्छु भन्ने डर, त्रास, धाकधम्की दिइ पटक पटक नगद र जिन्सी समान लिइ हनी हनी ट्रयापमा पारेर ब्ल्याकमेलिङ गरेर फरार रहेको श्रेष्ठमाथि आरोप छ ।