कांग्रेस बाँके-१ मा आचार्य र २ मा क्षेत्रीय सभापति चौधरी निर्वाचित

कांग्रेस क्षेत्र नंं. १ का  क्षेत्रीय सभापति पूर्णप्रसाद आचार्य (दायाँ) र क्षेत्र नं. २ का सभापति नरेन्द्र चौधरी (बायाँ) ।

नेपालगन्ज : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा पूर्णप्रसाद आचार्य निर्वाचित हुनु भएको छ ।
निवर्तमान क्षेत्रीय सभापति पोषण केसीले पार्टीको एकता, सहमति, सहकार्य र संगठनको हितलाई प्राथमिकता दिँदै आचार्यलाई समर्थन गर्ने निर्णय गरेपछि उहाँ सर्वसम्मत् रुपमा सभापति चयन हुनु भएको हो । आचार्य कोहलपुर नगरपालिकाका नगर प्रमुख पनि हुनुहुन्छ ।
त्यसैगरी बाँके क्षेत्र नं. २ मा भने नरेन्द्र चौधरी क्षेत्रीय सभापति निर्वाचित हुनु भएको छ । डुुडुवा गाउँपालिकाको अध्यक्ष रहनु भएका चौधरीले नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई ६२ मत अन्तरले पराजित गर्नु भएको हो । निर्वाचन अधिकृत पवनकुमार गुप्ताका अनुसार चौधरीले ३४५ मत ल्याउँदा शाहले २८३ मत पाउनु भएको छ । शाह यस अघि पनि क्षेत्रीय सभापतिमा रमेशकुमार गुप्तासँग पराजित हुनु भएको थियो । बाँके प्रतिनिधि सभा क्षेत्र नं.२ प्रदेशसभा ‘क’ मा सभापति बेलु बोहोरा सर्वसम्मत र ‘ख’ मा निर्वाचनबाट सभापतिमा प्रदीप शाह तेली निर्वाचित हुनु भएको छ ।

लुम्बिनी प्रदेससभामा समानुपातिकबाट प्रदेशसभा सदस्य भएका माया पुन मगर, सुशीला नेपाली वादी, मीना बोहरा सिद्दिकी र पूर्वप्रदेशसभा सदस्य याकुव अन्सारी पराजित भएका छन् । महाधिवेशन प्रतिनिधि चयनमा पनि रोचक देखिएको छ । (पढनुस् को को निर्वाचित भए ?)