एनपीएल : लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन प्लेअफमा

नेपालगन्ज : तेस्रो संस्करणकोे नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश गरेको छ । लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको लुम्बिनी शनिबारको खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै अब शीर्ष दुईमा रहने पक्का भएको हो । विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
विराटनगर भने ६ अंकसहित पाँचौ स्थानमै सीमित भएर लिग चरणबाटै बाहिरिएको छ । लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ ।