बेलायतमा ६७ जनासहित विदेशमा कोरोनाबाट १३० नेपालीको मृत्यु

काठमाडौं : कोरोनाबाट विदेशमा १३ देशमा रहेका एक सय ३० जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १/१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको अन्नपूर्ण पोस्ट् दैनिकले मंगलबार समाचार प्रकाशित गरेको छ ।

विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन्। यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन्। वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा मृत्यु हुनेमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ।