मङ्लबार, बैशाख २८, २०७८ / Tuesday 11th May 2021

मेडिकल कलेज कोहलपुरमा रातभरीमा ४ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरसका कारण सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा २ जना बाँके र २ जना कैलालीका हुन् । नेपालगन्ज उपमहानगरपालिका १० का ७० वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति मृत्यु भएको हो । १७ वैशाखमा पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि १८ गते अस्पतालमा भर्ना भएका उनको सोमबार राति २३ः४० बजे मृत्यु भएको थियो ।
यस्तै, कैलाली बर्दगोरीया ६ का ८० वर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १४ गते रिपोर्ट पोजेटिभ आएपछि १५ गते कोहलपुरमा भर्ना भएका उनको सोमबार राति २३ः५० मा मृत्यु भएको हो । यसैगरी, धनगढी १८ कैलालीका ५५ वर्षका पुरुषको मंगलबार बिहान मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । २० गते भर्ना भएका उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान ४ः३० मा मृत्यु भएको हो । बैजनाथ गाउँपालिका ५ बाँकेका ६२ वर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको छ । १९ गते रिपोर्ट पोजेटिभ रिपोर्ट आएपछि २० गते अस्पताल भर्ना भएकी उनको मंगलबार बिहान ६ः३० मा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *