स्वास्थ्य मापदण्ड पालना गरेर आफू र समाजलाई कोरोनाबाट जोगाऔं : डा.थापा

भेरी अस्पतालमा कोरोनाको उपचार कसरी गराइरहनु भएको छ ?
गत वर्षकै पूर्वतयारी अनुसार अक्सिजनसहितको १४२ बेडको आइसोलेसन सञ्चालनमा ल्याएका थियौं। अहिले एक्कासि संक्रमित बढ्दै गएपछि जटिल प्रकारका बिरामीले त्यो सबै बेड पनि भरिभराउ भए। अरू अस्पतालले कोभिडका बिरामी नलिने र भेरीमा बेड संख्या कम भएकाले थप खाली बेडमा पनि अक्सिजन सिलिण्डरसमेत अक्सिजन कन्सन्टे«टरहरू राखेर बिरामीको उपचार गर्दै आयौं। अस्पतालको सीमित भौतिक पूर्वाधार र सीमित जनशक्तिका बाबजुत पनि भेरी अस्पतालले यति ठूलो संख्यामा कोरोना संक्रमितको उपचार गरिरहेको छ।

अस्पतालले अहिले कति शैयामा संक्रमितलाई राखेर उपचार गरिरहेको छ ?
अहिले २१२ बेडमा उपचार गरिरहेका छौं। त्योभन्दा बाहेकका बिरामीलाई भने कतिलाई हलमा राखेका छौं। अन्य स्थानका बेडलाई पनि जोडेका छौं। एनआईसीयू हल छ। कोही क्वाटरमै बसिरहेका छन्। कतिपयको पूरै परिवार नै संक्रमित भएको अवस्था छ। यसरी नै उपचार गराइरहेका छौं।

ठूलो संख्यामा अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुँदा कसरी व्यवस्थापन गर्नुभयो त ?
गत वर्ष पहिलो चरणमा एक सयभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको थियो। आफैं पनि संक्रमणमा परेको हुँ। धेरैजना विशेषज्ञ चिकित्सक पनि कोरोना पोजेटिभ हुनुभयो। यो वर्ष वैशाखयता मात्र ९० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित हुनुभयो। अहिले पनि विशेषज्ञ डाक्टर र मेडिकल अफिसरहरू संक्रमित हुनुभएको छ। अप्रेसन थिएटरको लगभग सम्पूर्ण सबै स्टाफ पोजेटिभ भए। ओटी नै बन्द गर्नु परेको थियोे। इमरजेन्सीमा पनि शत प्रतिशत स्टाफ संक्रमित भए। इमरजेन्सीमा अन्य स्थानबाट जनशक्ति ल्याएर पनि काम अगाडि बढायौं। अस्पतालका हल, क्याबिनलगायतका खाली भौैतिक संरचनालाई पनि प्रयोग गरेर उपचार गर्‍यौं। कतिले अस्पतालको क्वाटरमा बसेर पनि उपचार लिनुभयो। जसलाई गाह्रो भइरहेको थियो, उहाँहरू भर्ना नै हुनुभयो। लक्षण मात्र भएका स्वास्थ्यकर्मीले क्वाटरमै बसेर उपचार लिनुभयो। संक्रमित भए पनि एक्सरे र रगत जाँच गर्न अस्पताल आउनुभयो। जनशक्तिको चरम अभाव हुँदा पनि स्वास्थ्यकर्मीको लगाव, उच्च मनोबल, डेडिकेसन र गत वर्र्षको कोभिड उपचारको अनुभवका आधारमा यति ठूलो संख्यामा बिरामी राखेर पनि उपचार गराउन सफल भएका छौं।

आइसोलेसनमा कसरी जनशक्ति परिचालन गरिरहनु भएको छ ?
अस्पताललाई ड्युटी स्टेशन ४ वटा बनाएका छौं। हल ए, हल बी, हल सी र पेइङ वार्ड भनेर छ। फरक ठाउँमा फरक फरक ड्युटी स्टेशनहरू छन्। एकजना एनेस्थेसियोलोजिष्ट डाक्टर पारस पाण्डे हुनुहुन्छ। उहाँ त गत वर्षको कोरोना सुरु भएदेखि हालसम्म हरेक दिन २४औं घण्टा काम गरिरहनुभएको छ। अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिष्ट हो। एक सिफ्टमा मेडिकल अफिसर तीनजना हुन्छन्। उनीहरूलाई तीनवटै हलको जिम्मा दिइएको छ। फिजिसियनहरूको पनि ड्युटी लगाइएको छ। उहाँहरू दिनको एकपटक आएर राउण्ड लिनुहुन्छ, आफ्नो पालोअनुसार। हरेक हलमा छुट्टाछुट्टै फिजिसियन राखेर काम अघि बढाउन खोजिरहेका छौं। भोलिदेखि १० जना मेडिकल अफिसर, ४० जना नर्सिङ स्टाफ, २ जना नर्सिङ अधिकृतहरू थपिँदैछन्। जनशक्तिको कुरा पनि विस्तारै विस्तारै समाधान हुँदैछ। धेरै जनशक्ति भयो भने बिरामीले पनि केयर पाउने हुन्छ। अहिले अस्पतालमा रहेका सबै बेड भरिभराउ छन्। इमरजेन्सीमा पनि लगभग लगभग हरेक बेडमा कोरोना शंकास्पद व्यक्तिहरू नै छन्। सबैजना अक्सिजन लेभल घटेर आएर भर्ना भइरहेका छन्। हरेक दिन अलिअलि ठीक भएको अक्सिजन दिन नपर्ने बिरामीहरूलाई डिस्चार्ज गरेर होम आइसोलेसनमा पठाइरहेका छौं। जटिल प्रकारलाई बाहेक अन्य बिरामीलाई अहिले अस्पतालमा राख्न सक्ने अवस्था नै छैन। अक्सिजन लेवल कम छ। त्यस्तो खालको बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेका छौं। त्योभन्दा बाहेकका बिरामीलाई भर्ना गरेका छैनौं। किनभने अस्पतालमा सीमित बेडहरू अस्पतालले मात्र कोभिड संक्रमितको उपचार गर्ने हुनाले यसरी व्यवस्थित गरेका हौं।

अस्पतालमा उपचार गर्न आउँदा संक्रमितको अवस्था कस्तो हुन्छ ?
ढिलो कोरोना संक्रमण पत्ता लाग्छ। सुरुमै घरमै बस्नुहुन्छ। जटिल अवस्था हुँदा मात्र अस्पताल आउने हो। जो अक्सिजन लेवल घट्नुभन्दा अगाडि नै अस्पतालमा आउँछन्। त्यस्तो धेरै संक्रमितहरू सञ्चो भएर गएका छन्। जो मान्छेहरू आउँदा खेरी अक्सिजन लेवल पूरै घटिसकेको हुन्छ। ढिलो आउने संक्रमितको रिकभरी देखिँदैन। जो मान्छेहरू अक्सिजन लेवल ७० देखि ८० वा ४० देखि ५० ल्याएर आउँछन्। त्यस्तालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ। त्यस्ता व्यक्तिको रिकभरी निकै न्यून छ। जो संक्रमित स्वाब परीक्षण गरेर जटिलता उत्पन्न हुनुभन्दा अघि नै अस्पतालमा आएर थोरै अक्सिजन लेवल घटेर आएका हुन्छन्। थोरै उपचार पाएर सञ्चो भएर फर्केका छन्। यस्ता धेरैैभन्दा धेरै व्यक्तिलाई समयमै उपचार पाएर सञ्चो भएर पनि गएका छन्।

मृत्यु हुनेहरू कस्तो जटिल समस्या भएका हुन्छन् ?
हो। जो अस्पताल आउँदा नै जटिल अवस्थाका हुन्छन्। अक्सिजन लेभल धेरै कम भएका व्यक्तिहरूको निधन भएको छ। त्यस्ता व्यक्तिलाई जति कोसिस गर्दा पनि बचाउन सकिएको छैन।

पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको अवस्था कस्तो पाउनु भएको छ ?
पोहर सालभन्दा अहिले संक्रमण दर धेरै छ। त्यसबाट हुने जटिलता पनि धेरै देखिएको छ। हरेक उमेर समूहका मान्छेहरू प्रभावित भइरहेका छन्। युवाहरूमा पनि कम्लिकेसनहरू देखिएको छ। पोहोर सालभन्दा अहिलेको भाइरस ९भेरियन्ट० खतरनाक पनि छ।

संक्रमण नियन्त्रण कसरी गर्न सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?
बाँके जिल्लालाई अहिले दुईवटा अस्पतालले मात्र कोरोनाको उपचार दिइरहेका छन्। एउटा सरकारी स्तरबाट भेरी अस्पतालमा धेरै संक्रमितको भर्ना गरेर उपचार गरिरहेको छ। त्यस्तै अर्को नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि ६० देखि ७० जना बिरामी भर्ना भएर उपचार भइरहेको छ। शिक्षण अस्पताललाई ३०० वेडसम्म सञ्चालन गर्ने भनेर त्यो काम अगाडि बढिसकेको छ। त्यो काम पनि केही दिनमा सम्पन्न हुन्छ। यतिले मात्र नपुग्ने भएकाले अहिलेको अवस्थामा निजी अस्पताल, सरकारी अस्पताल गरी सबै अस्पतालले कोभिडको बिरामी राखेर उपचार गर्नुपर्छ। किनभने यो बेड संख्या पनि अब कम हुनसक्छ। हुन त, बाँकेका स्थानीय पालिकाहरू आफैं सक्रिय भएर कोभिड आइसोलेसन सेन्टरहरू सञ्चालन ल्याउँदैछन्। अक्सिजनसहितको आइसोलेसन एकपछि अर्को तहले सञ्चालन गरिरहेका छन्। यो क्रम अगाडि बढिरहेको छ। नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोेहलपुर नगरपालिकालगायतले आइसोलेसन सञ्चालन गरिसकेका छन्। अरूले पनि तयारी गरेका छन्। वडा तहमा पनि यो काम भइरहेको छ।

स्थानीय तहको आइसोलेसनबारे के भन्नुहुन्छ ?
स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन बनाउनु धेरै राम्रो काम हो। यो एकदमै उदाहरणीय काम हो। जुन मान्छेलाई जटिलता छ। अक्सिजन दिनुपर्छ। जसले अस्पतालको बेड पाउँदैन। पाउने अवस्था पनि छैन। बाटोमै एम्बुलेन्समै छट्पटाइरहेको छ। एम्बुलेन्स र घरमै पनि मृत्युवरण गर्नुपर्ने अवस्था छ। त्यस्तो मान्छेहरू अस्पतालमा भर्ना पाउनुभन्दा पहिले नै एउटा होल्डिङ सेन्टरको रूपमा एकदम महत्वपूर्ण भूमिका यस्ता आइसोलेसनले खेल्छन्। अहिले कोरोनाका अधिकांश संक्रमितलाई चाहिने भनेको अक्सिजन नै हो। विभिन्न तथ्य रिसर्चका आधारमा पनि अहिले पहिलो औषधि भनेकै अहिले अक्सिजन नै भएको छ। त्यसैले सुरुमै यस्ता संक्रमितलाई अक्सिजन दिन सकियो भने बचाउन सकिन्छ। जुन यस्ता आइसोलेसन सेन्टरबाट हुन्छ। यति गर्न सक्दा पनि जटिलता घटाउने र मृत्युदर पनि घटाउन सकिन्छ। त्यही भएर पनि अस्पतालमा बेड पाउनुभन्दा पहिला, अस्पतालमा बेड नपाएको अवस्थामा, अक्सिजन पाउन गाह्रो भएको अवस्थामा पालिकाहरूले बनाएको आइसोलेसन सेन्टरमा बस्ने हो। त्यहाँ गएर बिरामीले कम्तीमा पनि अक्सिजन त पाउनुहुन्छ। त्यहाँ पनि स्वास्थ्यकर्मीको निगरानी नै हो। स्वास्थ्यकर्मीले अक्सिजन लेवल मोनिटरिङ गर्ने हो। अक्सिजन दिने हो। केही अरू औषधि चाहियो भने दिने हो।

डाक्टरबिनाका आइसोलेसन कसरी चल्न सक्छन् त ?
यस्ता आइसोलेसनमा डाक्टरहरू नै हुनुपर्छ भन्ने छैन नि रु डाक्टरको सुपरभिजन, निगरानी र सल्लाहमा मात्र पनि काम गर्न सकिन्छ। यसरी सञ्चालन गर्न सकियो भने अस्पतालमा पर्ने भार पनि निकै कम हुन्छ। यसले बिरामी अलपत्र परेर, छटपटाएर अस्पतालमा आउँदा आउँदै बाटोमै मर्नबाट जोगाउँछ। यस्ता आइसोलेसनले अस्पताल र संक्रमितबिच पुलको काम गर्छ। भोलि अस्पतालमा बेड खाली भएकोे अवस्थामा आइसोलेसन सेन्टरबाट सिफ्ट पनि गर्न सकिन्छ। सुरुमै त अस्पतालमा पनि बेड पनि हुँदैन। यस्तो अवस्थामा स्थानीय तहको आइसोलेसन रेस्क्यु सेन्टर बन्छ। अस्पतालमा बेड पाउनुभन्दा अगाडि नै अक्सिजन दिएर संक्रमितलाई उपचारको राम्रो वातावरण आइसोलेसन सेन्टरबाट हुन्छ। त्यहाँ अक्सिजन दिने व्यवस्था त मिलाइदिएका छन् नि त। त्यसो गर्न सकेमा बाटोमा मर्ने संक्रमितलाई जोगाउन सकिन्छ। म यसको पक्षधर हो। नेपालगन्ज उपमहानगरपालिकाले ५० शैयाको आइसोलेसन कति राम्रो बनाएको छ। संक्रमित भर्ना भएका छन्। आइसोलेसन सेन्टरले संक्रमितको रेस्क्यु गरिदिन्छन्।

स्थानीय तहका आइसोलेसन सेन्टर र अस्पतालबीच कसरी समन्वय भइरहेको छ ?
हालैको कुरा गरौं, नेपालगन्जका २ जना संक्रमितले बेड नपाइरहेको अवस्था थियो। अक्सिजनको अभाव थियो। हामीले उपमहानगरपालिकाको आइसोलेसन सेन्टरमा राखेर सुरुमा उपचार गर्‍यौं। त्यहाँ उहाँहरूको अक्सिजन लेभल मेन्टेन भयो। स्वास्थ्यमा सुधार पनि भयो। अस्पतालमा बेड पाउनेबित्तिकै स्थानान्तरण गर्‍यौं। अहिले पनि नेपालगन्जको आइसोलेसनमा ८–१० जना बिरामी उपचाररत हुनुहुन्छ। शान्त वातावरण छ। अक्सिजन लिइरहनुभएको छ। स्वास्थ्यकर्मीले उहाँको अवस्थालाई निगरानीमा राख्नुभएको छ। यसले संक्रमितको उपचारमा मुख्य भूमिका निर्वाह गरिरहेको छ। अहिलेको बढ्दो संक्रमण बेड नपाइरहेको अवस्थामा हरेक स्थानीय पालिकामा अक्सिजन सिलिण्डरसहितको वेडहरू सञ्चालन गर्नुपर्छ। त्यहाँ अक्सिजन लेवल घट्यो। गम्भीरता भयो भने अस्पतालमा ल्याउने तरिकाले रिफरल च्यानल मेन्टेन गर्ने हिसाबले सुरु गर्नुपर्ने देखिन्छ। छिमेकी देश भारतकै अवस्था हेर्ने हो भने त्यहाँ त अस्पतालका बेडहरू भरिभराउ छन्। कहीँ बिरामी राख्ने ठाउँ नै छैन। धर्मशाला र खुला ठाउँमा पाल टाँगेर पनि अक्सिजन दिएर उपचार गरेको हामीले देखेका छौं। त्यो अवस्था हामी कहाँ पनि नआउला भन्न सकिन्न। संक्रमितलाई सकभर अस्पतालमै प्राथमिकतामा राखेर उपचार गर्ने हो। केही गरी अस्पतालका बेडहरू नपाइएको खण्डमा, अस्पतालमा भर्ना नपाइएको खण्डमा यस्तो अवस्थामा ती आइसोलेसन सेन्टरहरूले उपचारमा एकदमै ठूलो भूमिका खेल्छन्। त्यसैले हामीले यस्ता कुरालाई प्रवर्द्धन पनि गर्नुपर्छ।

विगतका आइसोलेसन सेन्टरलाई निरन्तरता दिएको भए अस्पतालमा चाप हुँदैनथ्यो कि ?
त्यो बेला र अहिलेको अवस्था अलि फरक छ। त्यत्तिबेला त अस्पतालका वेड भरिभराउ भएका पनि थिएनन्। अस्पतालमा कोरोनाका लागि धेरै बेड पनि थिएनन्। त्यो बेला लक्षण नभएका बिरामी धेरै थिए। तिनलाई अस्पतालमा राख्नुपर्ने अवस्था पनि थिएन। संक्रमण जटिलता भएका बिरामीले अस्पतालमा सजिलैै बेड पाउने अवस्था थियो। तर अहिले हरेक संक्रमितमा लक्षण छ। हरेक उमेर समूहका मान्छेमा जटिलता देखिन्छ। त्यो भएको कारणले गर्दा अस्पताल भरिभराउ भइसक्यो। अस्पताल आफ्नो क्यापासिटीभन्दा पनि माथि गइसक्यो। यस्तो अवस्थामा कम्युनिटी लेवलमा स्थानीय पालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउनु राम्रो हो। पोहर साल आइसोलेसन सेन्टर मात्र बनाइएको थियो। त्यसमा लक्षण नभएका बिरामीलाई १० देखि १४ दिन राखिन्थ्यो। खाना खुवाइन्थ्यो। बस्ने राम्रो व्यवस्था गरिएको थियो। मापदण्ड अनुसार पछि घर पठाइन्थ्यो। त्यत्तिबेला उपचार गर्नुपर्ने बिरामीहरू आइसोलेसन सेन्टरमा हुन्थेनन्। अस्पताल रिफर हुन्थे। राम्रो उपचार पाउँथे। निको हुने दर पनि धेरै थियो।

यस्तो अवस्थामा भेरी अस्पताललाई केन्द्र र प्रदेश सरकारको कस्तो सहयोग भयो ?
स्थानीय, प्रदेश र केन्द्र सरकारले सहयोग भएकै छ। एक्कासि संक्रमण फैलिएर बिरामीहरूको संख्या बढेपछि जनशक्तिको कमी भने भएकै हो। त्यसलाई पनि क्रमिक रूपमा हामीले पदपूर्ति गरेर समाधान गर्दैछौं। विज्ञापन खोल्दा पनि कन्सल्टेन्ट लेवल र मेडिकल अफिसरहरू आएनन्। नर्सिङ अधिकृत, नर्सिङ अधिकृत र अन्य पदमा माग गरे अनुसारको जनशक्ति पाएका छौं। मेडिकल अफिसर लेवलको जनशक्ति नपाएको अवस्था हो। हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना मेडिकल अफिसरसहितको टिम मगायौं। अब चरम अभाव पूर्ति गर्न केही मद्दत पुगेको छ।

अन्तमा, सर्वसाधारणलाई कोरोनाबाट जोगिन के सुझाव दिनुहुन्छ ?
संक्रमण समुदाय स्तरमै फैलिसकेको छ। अझै पनि ढिलो भइसकेको छैन। स्वास्थ्यका मापदण्ड अपनाएर आफूलाई सुरक्षित गर्नसक्छौं। अरूलाई पनि बचाउन आवश्यक छ। स्वास्थ्यका मापदण्ड के हुन अब भनिरहन आवश्यक छैन। हामी सबै भुक्तभोगी भइसकेका छौं। अब थाहा भएर मात्र हुँदैन। त्यसलाई व्यवहारमा उतार्नु पर्‍यो। संयमित र सजक भएर सुरक्षित हुनसक्छौं । प्रस्तुती : शंकरप्रसाद खनाल

8 thoughts on “स्वास्थ्य मापदण्ड पालना गरेर आफू र समाजलाई कोरोनाबाट जोगाऔं : डा.थापा

  1. Good day! This is my 1st comment here so I just wanted to give a quick shout out and tell you I genuinely enjoy reading your posts. Can you recommend any other blogs/websites/forums that deal with the same topics? Thank you!

  2. I liked up to you’ll receive carried out right here. The cartoon is tasteful, your authored subject matter stylish. nonetheless, you command get bought an shakiness over that you want be delivering the following. sick definitely come further until now again as precisely the similar just about very incessantly within case you defend this increase.

  3. Have you ever thought about writing an e-book or guest authoring on other websites? I have a blog based on the same ideas you discuss and would love to have you share some stories/information. I know my viewers would appreciate your work. If you’re even remotely interested, feel free to shoot me an e mail.

  4. My coder is trying to convince me to move to .net from PHP. I have always disliked the idea because of the expenses. But he’s tryiong none the less. I’ve been using WordPress on a variety of websites for about a year and am anxious about switching to another platform. I have heard good things about blogengine.net. Is there a way I can transfer all my wordpress content into it? Any help would be really appreciated!

Leave a Reply

Your email address will not be published. Required fields are marked *