बाँकेमा मंगलबार ३ सय ४२ ले जिते कोरोना

नेपालगन्ज : बाँकेमा मंगलबार तीनसय ४२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना परास्त गरी डिस्चार्ज हुनेमा १ सय ६० महिला र १ सय ८२ पुरुष रहेका छन । आज डिस्चार्ज हुनेमा ७१ बर्षिय पुरुष समेत रहेका छन । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या पनि बढन थालेको हो ।