९ सय २४ परिक्षण गर्दा ६ सय ४ संक्रमित थपिए

नेपालगन्ज : बाँकमा ६ सय ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ९ सय २४ जनाको परिक्षण गर्दा ६ सय ४ जना थपिएका हुन । यो परिक्षण गरिएका नमूनाको ६५.३६ प्रतिशत हो । भेरी अस्पताल नेपालगन्जमा ६ सय २५ नमूना परिक्षण गर्दा ३ सय ९४ जना अर्थात ६३ प्रतिशत र मेडिकल कलेज कोहलपुरमा २ सय ९९ नमूना परिक्षणमा २ सय १० जना अर्थात ७०.२३ प्रतिशत थपिएका हुन । ति मध्य २ सय ५५ महिला र २६६ पुरुष गरी ५ सय २१ जना बाँकेका संक्रमित हुन । बागेश्वरी ल्यावको भने रिपोर्ट आउन बाँकी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *