मंगलबारदेखि ७ दिन नेपाल ‘लक डाउन’

नेपालगन्जमा पनि जनता कर्फ्यू
बाँकेका सुरक्षा अधिकारीसहितकोे प्रमुख जिल्ला अधिकारीको पत्रकार सम्मेलन । फोेटो : मेरो खुुसी

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपाल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मंगलबारदेखि एक सातासम्म बिहान ६ बजेदेखि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । ।
नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्नेछ । स्वास्थ्य क्षेत्र र सुरक्षा निकाय भने खुला रहने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि जनता कर्फ्यू घोषणा गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जनतालाई घरभित्रै आइसोलेसनमा रहन जनता कर्फ्यू लगाउन लागेको बताए । नेपालगन्जमा २१ चैत्रसम्म बन्द नै छ । बन्द भए पनि सर्वसाधारणको भीँड नघटेकाले कफ्यु लगाउनु परेको प्रजिअ खड्काले प्रष्ट पारे । पत्रकार सम्मेलनका नेपाल प्रहरीका बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारीलगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।