बन्द नाकाको लाइनमा भेटिए बेहुला बेहुुली

मेरो खुसी संवाददाता
रुपैडिया : सीमा नाकामा अलपत्र परेका नेपाली यात्रीमध्ये बेहुला बेहुली पनि भेटिए ।
नेपालगन्जको सीमा नाका जमुनाहामा भारतको बलियाबाट बेहुली लिएर नेपालगन्ज उपमहानगरपालिका ६ बच्चुपूर्वाका मोहम्मद हानिश अन्सारी सीमाको लाइनमा लागेका थिए । अन्सारीले आइतबार बिहे गरेर फर्केका थिए । उनीसँगै आफन्तहरु पनि थिए ।