सन्चालनमा नआउँदै बिथोलियो क्वारेन्टाइन

मेरो खुसी संवाददाता
नेपालगन्ज : भारतबाट आउने सबै यात्रीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने प्रयास सन्चालनमा नआउँदै असफल भएको छ ।
सीमा बन्द भए पनि सोमबार भारतका विभिन्न राज्यबाट जमुनाहा नाकामा अलपत्र यात्रीलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएर राख्ने प्रयास यात्रीहरुको असहयोगका कारण सन्चालन हुन सकेन । दिनभरी नगर बसबाट नौ सय जनालाई क्याम्पसमा राखिए पनि साँझ ६ बजेसम्म सबै यात्री आ–आफ्नो गन्तव्यमा फर्किसकेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उप प्रमुख थापा मगरले यात्रीहरुको असहयोगका कारण क्वारेन्टाइन सन्चालन गर्न नसकिएको मेरो खुसी डट कमलाई बताइन् । सबै यात्री घर फर्कने बेलासम्म क्याम्पस हाताभित्र बाँकेका प्रहरी प्रवक्ता शिवबहादुर सिंहलगायतका सुरक्षाकर्मी, उपमहानगरका स्वास्थ्य कर्मचारी, नगर सुरक्षा र सफाइका कर्मचारी मात्र थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख वीरबहादुर ओलीले भने क्याम्पस हाताभित्र क्वारेन्टाइन सन्चालन नै नभएको दाबी गर्दै पत्रकार सम्मेलन गरेका थिए ।