कोरोनाबाट सार्कमा एक हजार ४४६ को मृत्यु (सूचीसहित)

नेपाल, माल्दिभ्स र भुटानमाबाहेक सबै देशमा कोरोनाबाट मृृत्यु

नेपालगन्ज : दक्षिण एशियाका ५ देशमा कोरोना भाइरस (कोभिड १९) बाट एक हजार ४४६ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको मंगलबार बिहान १० बजेसम्मको रेकर्ड अनुसार सार्कका ८ देशमा देशमा संक्रमितको संख्या ५१ हजार आठ सय ६५ पुगेको छ भने निको हुने ११ हजार दुई सय ६४ जना रहेका छन् । नेपाल, माल्दिभ्स र भुटानमाबाहेक सबै देशमा कोरोनाबाट मृृत्यु भएको छ ।
कोरोनाबाट भारतमा मात्र नौ सय ३९ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने २९ हजार चार सय ६१ पुगेको छ । पाकिस्तानमा दुई सय ९२, बंगलादेशमा १५१, अफगानिस्तानमा ५७ र श्रीलंकामा ७ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा कम संक्रमित भुटानमा ७ र नेपालमा ५२ जना छन् ।