नेकपा खजुरा कमिटीद्वारा एक लाख नगद र ४० क्वीन्टल चामल संकलन
नेपालगन्ज : नेकपा खजुरा गाउँपालिका कमिटीले लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर वर्गलाई राहात वितरण गर्न जनताद्वारा जनतालाई सहयोग कार्यक्रम जारी गरेको छ ।
गाउँ कमिटीका प्रवक्ता प्रवक्ता धनराम ओलीका अनुसार विभिन्न वडाबाट गरी बुधबारसम्म एक लाख रुपैया नगद र ४० क्वीन्टलभन्दा बढी चामल संकलन भएको छ । गाउँपालिका कमिटीले गाउँपालिकाका ८ वटै वडा र टोल कमिटीबाट राहात संकलन भइरहेको छ ।
खजुरा २ निवासी हाल भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश नं.५, मा सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत नरेन्द्र खडकाले १० हजार, टेकबहादुर रोकाले ६ हजार, तीलकवीर सुनारले पाँच हजार, धनसिंह भण्डारीले पाँच हजारलगायत विभिन्न व्यक्तिहरुले एक हजारदेखि दुई हजार रुपैयाँसम्म सहयोग गरेका थिए ।
बुधबार बसेको गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार बि.क.को अध्यक्षतामा बसेको बैठकबाट जनताद्वारा जनतालाई सहयोग अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी तोकिएको थियो ।
अध्यक बिक र पार्टी इन्चार्ज भीम ओलीको जिम्मा उद्योगी, व्यापारी, शिक्षक कर्मचारी र पार्टी सचिव यामबहादुर महतरा, कार्यालय सदस्य गेहेन्द्र धिताल, देवराम बि.सी.,धनराम ओलीलाई क्रमशः खजुरा वडा नं. ५ र ६ ,१ र २ , ३ र ४ ,७ र ८ वडा हेर्ने गरि जिम्मेवारी विभाजन गरिएको थियो खजुरा गाउँपालिका कमिटीको प्रवक्ताको जिम्मेवारी धनराम ओलीलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो ।