आज नेपालगन्जममा वर्षकै सबैभन्दा बढी गर्मी !

मेरो खुसी संवाददाता
नेपालगन्ज : बुधबार नेपालगन्जमा वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।
जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार बुधबारको नेपालगन्जको तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । कार्यालयका प्रमुख पलबहादुर विक भन्छन्, ‘आजको तापक्रम यो वर्षकै सबैभन्दा बढी हो । चैत्रको महिनाबाट यहाँ गर्मी सुरु हुन्छ ।’
देशकै सबैभन्दा बढी तापक्रम पनि कैलाली जिल्लाको धनगढीमा ३५ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ३४ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भैरहवा (३४.५) र जनकपुर (३४.६) रहेको थियो । सबैभन्दा कम तापक्रम भने जुम्लामा १९.४ डिग्री सेल्सियस रहेको थियो ।