भेरी अस्पतालमा कोरोना परीक्षणको तयारी (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज : संघीय सरकारले भेरी अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण प्रयोगशाला स्थापना गर्ने घोषणा गरे पनि अन्तिम घडीमा प्रदेश अस्थायी राजधानी बुटवलमा लगियो ।

प्रदेश ५ सरकारले प्रदेशका ३ स्थानमा कोरोना प्रयोगशाला स्थापना गर्ने मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेपछि भेरीमा अहिले प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढेको हो । बुधबार अस्पतालले प्रयोगशालालाई आवश्यक पर्ने उपकरणका लागि तीन दिनको टेण्डर आव्हान गरेको सूचना गोरखापत्र दैनिकमा प्रकाशित गरेको छ भने प्रयोगशाला स्थापना गर्नका लागि कोेठामा एसी जडान लगायतका काम धमाधम सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।