१६ जनालाई होटलबाट क्याम्पसको क्वारेन्टाइनमा स्थानान्तरण

मेरो खुसी संवाददाता
नेपालगन्ज : धम्बोझीस्थित होटल समर्थ इनमा रहेका १६ जनालाई नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा स्थानान्तरण गरेको छ ।
क्याम्पसको क्वारेन्टाइनमा सेवा सुविधा नभएको गुनासो आएपछि १४ चैत्रमा १० जनालाई होटलमा स्थानान्तरण गरिएको थियो । होटल सन्चालक सरोज चन्दले मेरो खुसीसँग भने, ‘६ दिनसम्म क्वारेन्टाइन सन्चालन गर्न दियौं । बुधबार स्थानान्तरण गरेपछि होटललाई उपमहानगरपालिकाको टोलीले नै सेनिटराइज गरेको छ ।’क्याम्पसमा यी १६ जना वाहेक भारतबाट सीमा नाका जैसपुरमा अलपत्र परेका अरु ८ जनालाई पनि राखिएको छ ।