आर्ट अफ लिभिङको काठमाडौं उपत्यकामा राहात वितरण
मेरो खुसी डेक्स
नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) का कारण भएको लकडाउनबाट सबैभन्दा बढी मारमा परेका विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई आध्यात्मिक संस्था द आर्ट अफ लिभिङले अत्यावश्यक राहात वितरण सुरु गरेको छ ।
द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका चार हजार परिवारलाई राहात वितरण गर्ने योजना छ । राहात सामग्रीमा ५ किलो चामल, साढे एक किलो दाल, २ किलो चिउरा, १ लिटर तेल, १ पोका नुन, १० प्याकेट चाउचाउ र २ ओटा साबुनको प्याकेट रहेको छ । उद्योगी एवं सांसद विमल केडियाको संयोजकत्वमा स्थानीय निकायसँगको सहकार्यमा चार दिनदेखि राहात वितरण भइरहेको छ ।