भारतको उत्तर प्रदेशमा ५ को मृत्यु, चार सय ८३ जना संक्रमित (कुन राज्यमा कति मृत्यु सूचीसहित)
नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट भारतमा ३२ वटै राज्यमा ९ हजार ६ सय ३५ संक्रमण भएका छन् ।
२० वटा राज्यमा ३१३ जनाको मृत्यु भएको विश्वव्यापी कोरोना अपडेट गर्ने साइट वल्डो मिटर्स डट इन्फोले जनाएको छ । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेभसाइट अनुसार कोरोनाबाट अहिलेसम्म तीन सय २४ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।
भारतमा सबैभन्दा बढी मृत्यु महाराष्ट्र एक ४९ जनाको भएको छ । मध्य प्रदेश ४३, गुजरात २६, दिल्ली २४, तेलंगामा १६, पञ्जाब र तमिल नाडुमा ११÷११ जना, आन्ध्र प्रदेश र वेस्ट बंगाल सात/सात जना, कर्नाटकमा ६, उत्तर प्रदेश ५, जम्मु कस्मिर ४, राजस्थान, केरला र हरियाणामा तीन÷तीन जना, झारखण्डमा २, उडिसा, हिमाञ्चल प्रदेश, बिहार र आसाममा एक/एक जनाको मृत्यु भएको छ ।
संक्रमित पनि सबैभन्दा बढी महाराष्ट्रमै एक हजार नौ सय ८५ जना छन् । त्यसपछि दिल्ली एक हजार एक सय ५४, तमिल नाडु एक हजार ७५, राजस्थान आठ सय १२ र उत्तर प्रदेश चार सय ८३ जना छन् । भारतका सबै राज्यमा कोरोनाको संक्रमण देखिएको छ । नेपालसँग खुला सीमा रहेकाले भारतबाट आउने संक्रमितबाट नेपालका सीमावर्ती जिल्लामा खतरा बढेको छ ।