राप्तीसोनारीका १५ को कोरोना रिपोर्ट नेगेटिभ

फाइल फोटो

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकाका थप १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ भेटिएको छ ।
राप्तीसोनारी ३ को खैरनीको आश्रमको क्वारेन्टाइनमा १४ दिन बसेकाहरुलाई सोमबार विदाइ गर्ने क्रममा -यापिट टेष्ट गर्दा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
बाँकेमा योसहित बाँकेका एक सय ३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । -यापिट टेष्टबाट मात्र बाँकेमा एक सय १५४ र अरु सबै प्रयोगशालामा जाँच गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *