राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रदेश ५ कोरोना कोषमा ५ लाख सहयोग

नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड प्रदेश ५ प्रादेशिक कार्यालय नेपालगन्जले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम जम्मा गरेको प्रादेशिक प्रमुख आनन्द सुवेदीले जानकारी दिए । बैकले कोरोना संक्रमणको जोखिम कम गर्न तथा राहत वितरण गर्नमा उक्त रकमले थोरै भएपनि योगदान गर्न सक्ने प्रमुख सुवेदीले बताए । यसअघि पनि बैंकले विभिन्न शाखा कार्यालयहरुमार्फत स्थानीय तहलाई सहयोग गर्दै आएको छ ।