नेपालगन्जमा किनबेच गर्ने समय बिहान ११-३ दिउँसोसम्म !

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा लकडाउन खुकुलो पारेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बिहीबार सूचना प्रकाशित गरी अत्यावश्यक सेवा सन्चालन र दैनिक उपभोग्य वस्तु खरिद बिक्रीबा लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समय तोकिएको छ । ‘अत्यावश्यक सेवा सन्चालन र दैनिक उपभोग्य वस्तु बिक्री वितरणका पसल व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उच्च स्वास्थ्य सजकता र सामाजिक दुरी कायम गरी सन्चालन गर्ने’, उल्लेख छ । रानी तलाउ, त्रिभुवन चोक, वीपी चोकमा रहेका सब्जीमण्डी अर्को निर्णय नभएसम्म बन्द रहने जनाएको छ ।
प्रशासनले अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने, सवारी अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हसने बाहेकका कुनै पनि सवारी साधन सन्चालन नगर्न आग्रह गरेको छ ।