बाँके कारागारका एक कैदीको मृत्यु

लकडाउनका कारण नियमित स्वास्थ्य जाँच नभएको कैदीहरुको गुनासो, आवश्यकता अनुसार उपचार भइरहेको छ : कारागार प्रशासन

नेपालगन्ज : बाँके जिल्ला कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
जेलर देवेन्द्र श्रेष्ठका अनुसार सुगर र प्रेसरका दीर्घरोगी नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्य भेरी अस्पताल नेपालगन्जमा जण्डिस लागेर उपचारार्थ भर्र्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको हो । उनको शव परिवारलाई जिम्मा लगाइएको छ । लकडाउनका कारण बन्दीहरुले नियमित स्वास्थ्य जाँच गराउन नपाएको गुनासो गरेका छन् । अधिवक्ता पूर्ण ढकालले फेसबुकमा स्टाटस लेखेर कोहलपुरका कृष्णबहादुर थापाले २० दिनदेखि रोगले थलिएर उपचार नपाएको उल्लेख गरेका छन् ।
जेलर श्रेष्ठले मेरो खुसी डटकमसँग टेलिफोन सम्पर्कमा भने, ‘स्वास्थ्य उपचारको कुनै समस्या छैन । हामीले आवश्यकता अनुसार कोहलपुरसम्म लगेर पनि उपचार गरेका छौं ।’