भारतमा कोरोनाबाट १ हजार ८८६ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा एक हजार आठ सय ८६ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ५६ हजार तीन सय ४२ जना संक्रमित भएकोमा १६ हजार पाँच सय ४० जनालाई मात्र निको भएको छ ।
भारतमा सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ६ सय ९४ जनाको मृत्यु भएको छ । त्यसपछि गुजरातमा चार सय २५, मध्य प्रदेशमा एक सय ९३, वेस्ट बंगालमा एक सय ५१ र उत्तर प्रदेशमा ६२ जनाको ज्यान गरेको छ । भारतमा ३२ राज्यमध्ये १० राज्यमा मात्र कोरोनाबाट कसैको मृत्यु भएको छैन । कोरोनाको संक्रमण भने सबै राज्यमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *