नेपालगन्जका २१ संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज हुँदै
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका २१ जना कोरोना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज हुँदैछन् ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले खजुराको क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका नेपालगन्जका ६० वर्षका पहिलो संक्रमितको तेस्रो रिपोर्ट र अन्य २० जनाको दोस्रो रिपोर्ट नै नेगेटिभ आएको हो । उनीहरु शुक्रबार नै डिस्चार्ज हुने बताए । १९ वैैशाखमा पहिलो संक्रमित पुष्टि भएका हुन् भने २३ वैशाखमा २२ जनामा कोरोना पुष्टि भएको हो ।