बाँकेमा महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालगन्ज : बाँकेमा एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बिहीबार राति ७ः३० बजे प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख खजुरा गाउँपालिका ३ की ४२ वर्षीया महिला स्वास्थ्यकर्मी भएको भेरी अस्पताल नेपालगन्जले पुष्टि गरेको छ । ती महिला कहाँ र कुन पदमा कार्यरत छिन् भने खुलाइएको छैन । यी महिलासँगै खजुरामा कोरोना संक्रमितको संख्या पनि दुई पुगेको छ ।
स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएको बाँकेको पहिलो घटना हो । बिहीबार नरैनापुर ३ का ३२ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यी दुई जनासँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक सय एक भएको छ । एक जनाको मृृत्यु भइसकेको छ । एक सय जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।