आगलागीबाट ६० लाखका ११३ खसीबाख्रा जले

मधु पौडेल । नेपालगन्ज
बर्दियाका एक किसानको ६० लाख रुपैयाँ बराबरका खसीबोका आगलागीबाट जलेर नष्ट भएका छन् ।
गेरूवा गाउँपालिका-३ भगतपुरका जलधार रोकायको बाख्रा फर्ममा सोमबार दिउँसो तीन बजेतिर बिजुलीको तार सर्ट भइ आगलागी हुँदा एक सय १३ खसीबोका जलेको थारू महिला उत्थान केन्द्र बर्दिया हेफर कार्यक्रम संयोजक शोभाकान्त पौडेलले जानकारी दिए । तीन वर्षदेखि रोकायले न्यू कालिका कृषि उपज विकास फर्म सुरु गरेका थिए । उनी मुस्कान सामाजिक उद्यमी महिला सहकारीका सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *