बाँकेमा १६ नयाँसहित १७० कोरोना संक्रमित (पालिका सूची)

जिल्लाका ८ स्थानीय तहमध्ये कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाबाहेक सबैमा कोरोना संक्रमण

नेपालगन्ज : बाँकेमा नयाँ १६ जनासहित एक सय ७० जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राप्ती सोनारी गाउँपालिकामा ७, बैजनाथ गाउँपालिकामा ६, डुडुवा गाउँपालिकामा २ र खजुरा गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भिडियो पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार यसअघि जिल्लामा एक सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा बाहेक जिल्लाका अन्य ६ वटा स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको हो । नरैनापुर ५ का एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।