पौने ३ करोड रुपैयाँबाट नेपालगन्जमा १८ हजारलाई राहात

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले १८ हजारभन्दा बढी घर परिवारलाई राहात वितरण गरेको छ ।
प्रेस संगठन बाँकेले बिहीबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले दुई चरणमा पौने तीन करोड रुपैयाँ बराबरको रुपैयाँ बराबरको राहात वितरण गरेको बताइन् । उनले राहात वितरणमा हुने खानेले पनि पाएको गुनासो आएपछि वास्तविक पीडितलाई रोजगारी दिन थालिएको बताइन् । उनले वडा नं. १ देखि सुरु भएको रोजगारी दिने अभियान सबै वडामा क्रमशः शुरु गरिने पनि बताइन् । उनको भनाइ थियो, ‘काम दिँदा वास्तविक पीडित मात्र आउँछन् । हुनेखाने व्यक्तिले अवसर पाउँदैनन् । यसरी काम गर्नेले नेपाल सरकारले तोकेको ज्याला पाउँछन् ।’ उप-प्रमुख थापा मगरले अशक्त र एकल महिला जस्ता काम गरेर खान नसक्नेहरुका लागि भने राहात उपलब्ध गराइने बताइन् ।