नेपालमा एकैदिन २० जिल्लामा १५६ मा कोरोना (सूचीसहित)

नेपालगन्ज : नेपालमा बिहीबार एकैदिन २० जिल्लामा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा एकै दिन यति धेरै जनामा कोनोना संक्रमण भएको यो पहिलो पटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार दिउँसो आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा देशका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा २० जिल्लाका कोरोना संक्रमित रहेको पुष्टि गरेका हुन् ।
देशका ५१ जिल्लामा कूल संक्रमितको संख्या भने एक हजार ४२ जना पुगेको । कोरोना रोग निको भएकाहरु भने एक सय ८७ जना छन् । कोरोनाबाट बुधबार ललितपुरको बुङ्मतिका ५६ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक एक जना गरी चार जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने पाँच पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *