भेरी नदीमा हराएका थप एकको शव फेला

नेपालगन्ज : सशस्त्र प्रहरी बलको टोलीले जाजरकोट घटनामा भेरी नदीमा हराएका ६ जनामध्ये थप एक जनाको शव बिहीबार फेला पारेको छ ।
भेरी नदीमा जाजरकोटको भेरी नगरपालिका ४ बस्ने वर्ष १९ का सन्जु विकको शव शसस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले फेला पारेको शसस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । दिउँसो ३ बजे एक जाजरकोट छेडागाड नपा ५ मा फेला पारिएको हो । यो सँगै मृतकको संख्या ५ पुगेको छ । शसस्त्रको टोलीले बुधबार पनि एक जनाको शव फेला पारेको थियो । खोजी कार्यका लागि सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञ बस्नेतको कमान्डमा ४ जना गोताखोरसहित १३ जना र सशस्त्र प्रहरी बल ४७ नं. गुल्म पश्चिम रुकुमबाट १८ जनाको टोली परिचालित भएको छ ।