कोरोनाबाट मृत्यु भएका छैटौं व्यक्ति अर्घाखाँचीका

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट अर्घाखाँचीका युवाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भारतबाट आउँदै गर्दा उनको १० जेठमा मृत्यु भएको हो । ११ जेठमा उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको बताए । मन्त्रालयले उनको सम्पर्कमा रहेका व्यक्तिको नमूना संकलन जारी रहेको जनाएको छ ।