कोरोना ‘रेड जोन’ नरैनापुरका ३ संक्रमित निको भएर घर फर्के

दाङको बेल्झुन्डीस्थित आइसोलेसन अस्पतालबाट कोरोना मुक्त भएर घर फर्कँदै नरैनापुरका ३ युवा । फोटो : नरेश श्रेष्ठको फेसबुकबाट

नेपालगन्ज : नरैनापुर गाउँपालिकाका ३ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नरैनापुरको वडा नं. १, ३ र ५ का १८, २० र २५ वर्षका संक्रमितहरु दाङको बेल्झुन्डीस्थित आइसोलेसन अस्पतालबाट कोरोना मुक्त भएर घर फर्केका हुन् ।
नरैनापुरमा एक सय १३ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ । एक सय जनाको दाङ र बाँकेका विभिन्न आइसोलेसन अस्पतालमा उपचार गरिरहेका छन् ।