१ असारदेखि यसरी पढाउने छ सरकारको तयारी
नेपालगन्ज : लकडाउनका कारण लामोे समयसम्म विद्यालय बन्द भएपछि सरकारले १ असारदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्ने तयारी गरेको छ ।
सरकारको आगामी आर्थिक वर्ष ०७७ र ७८ को बजेट भाषणले परिकल्पना गरेको कोरोनाको कारण अवरोध भएको पठनपाठनलाई अर्चुअल कक्षा सन्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवं रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने कुरालाई सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ती जारी गरी निर्देशिका कार्यान्यन आगामी १ असारदेखि कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवालासँग आग्रह गरेका छन् ।
शिक्षा क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई सुचारु गर्नका निम्ति विभिन्न माध्यम अविलम्व गरी विद्यार्थीलाई घरमै सिक्ने वातारवण बनाउन सरकार लागि परेकोले यसलाई सफल पार्न सम्बद्ध सबैलाई सकारात्मक भूमिका खेल्न मन्त्री पोखरेलले आग्रह गरेका छन् ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मात्र शैक्षिक संस्था पुनः नियमित सन्चालन हुने बताइएको छ ।