बाँकेको ठुरीया जंगलमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ घाइते

नेपालगन्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका २ को ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा एघार जनाको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी १ जनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । कुल ३३ जना सवार रहेको गाडी दुर्घटनामा २१ जना घाईते भएका छन । घाईते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।
भारतका विभिन्न स्थानवाट फर्केका मानिसहरुलाई लिएर फर्किदै गर्दा राती करिव १२ बजे तिर ठुरिया जंगलमा उक्त गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकहरुको अझै सनाखत हुन नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *