मेक्सिकोमा एकैदिन ४३९ को मृत्यु

विश्वभर २४ घण्टामा कोरोनाबाट नयाँ मृत्य भएकामध्ये मेक्सिकोको मात्र ९६.४८ प्रतिशत हो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट उत्तर अमेरिकाको देश मेक्सिकामा २४ घण्टाको अवधिमा विश्वभरको मृत्युमध्ये ९६ प्रतिशत हिस्सा ओगटेको छ ।
विश्वभरको कोरोना अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स् डट इन्फोको मंगलबार बिहान ८ बजेसम्म मेक्सिकोमा एकैदिन चार सय ३९ जनाले ज्यान गुमाएका छन् । योसँगै मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने १७ हजार पाँच सय ८० पुगेको छ । जबकी त्यहाँ संक्रमितको संख्या नै एक लाख ५० हजार दुई सय ६४ छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमित नै तीन हजार चार सय २७ थपिएका छन् । विश्वमा कोरोना बढी हुने देशको सूचीमा मेक्सिको १४औं नम्बरमा छ ।
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने चार लाख ३९ हजार ५१ र संक्रमितको संख्या भने ८१ लाख १२ हजार ६ सय १३ पुगेको छ ।