नेपालमा कुन प्रदेशमा कति बजेट ?

नेपालगन्ज : नेपालका सात वटै प्रदेशले सोमबार आर्थिक वर्ष ०७७/७८ को बजेटको बजेट प्रस्तुत गरेका छन् ।
प्रदेशहरुले कम्तीमा ३२ अर्बदेखि ५१ अर्बसम्मको बजेट ल्याएका छन् । बागमति प्रदेशले सबैभन्दा बढी झन्डै साढे ५१ अर्बको बजेट ल्याएको छ । दोस्रो बढी बजेट प्रदेश १ को सवा ४२ अर्ब छ । तेस्रो बढी प्रदेश ५ को ३६ अर्बको छ । सबैभन्दा कम बजेट सुदूरपश्चिम प्रदेशमा ३२ अर्बको छ ।