बाँके प्रहरी प्रमुखमा राना

नेपालगन्ज : नेपाल प्रहरीको बाँके प्रमुखमा एसपी ओमबहादुर राना सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले १ असारदेखि लागू हुने गरी रानालाई बाँकेमा पठाएको हो । बाँकेका एसपी वीरबहादुर ओलीलाई भने प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा गरिएको छ । बाँके सरुवा भएका एसपी राना यसअघि प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल काठमाडौंमा कार्यरत थिए । उनी कास्की प्रहरी प्रमुखबाट सरुवा भएर त्यहाँ गएका थिए । राना रसुवामा डीएसपी हुँदा भने विवादमा तानिएका थिए ।