विद्यार्थीले गाडीभाडा किन छुट पाउँछन् ?

काठमाडौंमा बस सेवा । फोटो : इन्टरनेटबाट

नेपालगन्ज : के तपाईले परिचय पत्र देखाएर पनि गाडी भाडामा छुट पाउनु भएको छैैन ? तपाईलाई गाडीवालाले दयाको पात्र बनाएर छुट दिने होइन त्यो त तपाईको अधिकार नै हो । तपाईलाई छुट दिए वापत गाडीवालाले राज्यबाट कर छुट पाएको हुन्छ ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेटमा भाडाका बस, मिनीबस तथा माइक्रोबसजस्ता सवारी साधनले विद्यार्थी, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, जनआन्दोलनका घाइतेलाई सहुलियतको रुपमा भाडामा छुट दिए बापत त्यस्ता सवारी साधनका धनीले तिर्नुपर्ने सवारी साधन करमा साठी प्रतिशत छुट दिने व्यवस्था गरेको छ।