बाँकेमा सकियो ४० प्रतिशत रोपाइँ

नेपालगन्ज : असार १५ मा बाँकेमा अघिल्ला वर्षभन्दा क्षेत्रफलमा रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा ४० प्रतिशत क्षेत्रफलमा रोपाइ भएको छ । जिल्लाका सबै स्थानीय तहमा रोपाइँ भए पनि सिँचाइ सुविधा भएका राप्ती सोनारी, बैजनाथ, खजुरा गाउँपालिकामा बढी रोपाइँ भएको छ । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुन्छ ।